२०८१ असोज १२ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

झापामा बाढीले २४० घरपरिवार विस्थापित 


बिर्तामोड, असोज १२ । केही दिनदेखि लगातार परिरहेको वर्षाका कारण झापामा बाढी र डुबानमा परी २४० घर विस्थापित भएका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार विस्थापितलाई छिमेकी तथा अन्य सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

बिरिङ खोलाको बाढी पसी झापा गाउँपालिका–६ भन्द्रबस्तीका ५० घर विस्थापित भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्ण चन्दले जानकारी दिए ।

बस्ती डुबान भएपछि उनीहरूलाई सुरक्षित स्थानमा सारिएको छ । भद्रपुर–३ स्थित नयाँबस्तीमा ३० घर डुबानमा परेका छन् । उनीहरूलाई भद्रपुर–२ महेशपुरस्थित स्वास्थ्य चौकीमा स्थानान्तरण गरिएको छ ।

त्यस्तै, बाह्रदशी गाउँपालिका–२ स्थित सुकुम्बासी बस्तीमा २४ घरमा पानी पसेको छ । उनीहरूलाई आफ्नको घरमा सारिएको प्रवक्ता चन्दले जानकारी दिए ।

यस्तै, भद्रपुर–५ गैरीगाँउमा मेची खोला पस्दा २० घर विस्थापित भएका छन् ।

शिवसताक्षी नगरपालिका–१० बिहानी टोलमा कनकाई खोलाले कटान सुरु गर्दा १५ घरमध्ये ६ घर अति जोखिम रहेकोले मुक्तिघाटको भवनमा स्थानातरण गरिएको प्रहरीले जनाएको छ । यस्तै, शिवसताक्षी–७ मा एक घरपरिवार विस्तापित भएका छन् ।

बिर्तामोड–५ र बिर्तामोड–४ मा ७ घर परिवार विस्थापित भएका छन् । बिर्तामोड–८ बाह्रबिघेमा ३ घर विस्थापित भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

कनकाई नगरपालिका ३ झर्नाबस्तीमा शन्का खोला र सुरुंगा खोलाको पानी पस्दा ११ घर विस्थापित भएका छन् । बिर्तामोड–३ सिर्जनाटोलमा अदुवाखोलाको पानी पस्दा ९ घर विस्थापित भएका छन् । हल्दिबारी गाउँपालिका–२ खर्साङचोकमा १३ घरपरिवार विस्थापित भएका छन् ।

भद्रपुर–६ डाँगडोरा खोलाको पानी पस्दा दुई घर विस्थापित भएका छन् । झापा गाउँपालिका–६ मा बिरिङ खोलाको बाढी पस्दा तीन घर विस्थापित भएका छन् ।

गौरीगञ्ज गाउँपालिका–१ बांगे टोलमा कमल खोला पस्दा १२ घरपरिवार विस्थापित भएका छन् ।

भद्रपुर–४ मेचीगाउँमा डुबानले ६ घर विस्थापित भएका छन् । कचनकवल गाउँपालिका–७ भट्टा टोलमा डुबान हुँदा १५ घरपरिवार विस्थापित भएका छन् ।

विस्थापितलाई आफ्न्त, छिमेकी र सार्वजनिक भवनहरूमा राखिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer