
बिर्तामोड, असोज १२ । पर्यटन र शान्ति नारासहित विश्व पर्यटन दिवसलाई लक्षित गरी ऐक्यबद्धता जनाइएको छ ।
प्रत्येक सेप्टेम्बर २७ का दिन अन्तर्राष्ट्रिय दिवस मनाउने गरिएको हो । आदर्श स्कुल अफ मेनेजमेन्ट बिर्तामोडको आयोजना तथा सुरुवाती कोठा नेपाल झापाको सहकार्यमा कार्यक्रम गरिएको हो ।
कार्यक्रममा ३५० जना विद्यार्थीको सहभागिता रहेको कलेजका बजार तथा इभेन्ट कोअर्डिनेटर दिपक दासले जानकारी दिए ।