२०८१ असोज १३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

चारआलीमा असोज २२ गते अल्बाट्रस ब्यान्डको प्रस्तुति रहने


बिर्तामोड, असोज १३ । झापाको चारआलीस्थित तेलीबारीमा सांगीतिक प्रस्तुतिसहितको दसैँ फेस्ट कार्यक्रम हुने भएको छ ।

लिन नेपालको आयोजनामा हुने सांगीतिक कार्यक्रममा नेपाली रक ब्यान्ड अल्बाट्रसले प्रस्तुति दिनेछ । यही असोज २२ गते हुने कार्यक्रमका लागि टिकट अग्रिम टिकट धमाधम बिक्री भइरहेको छ ।

कार्यक्रमको पार्टनर डिजिभेन्ट्सका सञ्चालक सुमन खत्रीका अनुसार ८०० रुपैयाँमा झापाका विभिन्न सहरमा अग्रिम टिकट बिक्री भइरहेको छ ।

असोज १५ गतेसम्म खरिद समय रहेको ८०० रुपैयाँको अग्रिम टिकट किन्दा प्रवेशका साथै एक क्यान बियर वा सफ्ट ड्रिंक्स र स्विमिङ पुलमा डिजे नक्ससँग रमाइलो गर्न पाइनेछ ।

त्यस्तै, असोज १६ गतेदेखि भने टिकटको मूल्य एक हजार रुपैयाँ हुने र प्रवेश र स्विमिङ पुलको मज्जा मात्र लिन पाइने खत्रीले झापा टुडेलाई जानकारी दिए ।

आयोजकले काँकरभिट्टामा एलके ९ क्याफे, चारआलीमा मान्द्रो रेस्टुरेन्ट, दमकमा ग्यारेज क्याफे र ब्रोडवे क्याफे, धुलाबारीमा पाथिभरा क्याफे र सुरुंगामा ताल्चा क्याफेमा टिकट पाइने व्यवस्था गरेको छ ।

त्यस्तै, बिर्तामोडमा चियाबारी क्याफे, अमृत स्टोर, प्राचीन सोसियल हब, कायल्स क्याफे, मोक्ष र डिजिभेन्ट्समा टिकट बिक्री भइरहेको छ ।

नेपालकै पुरानोमध्येको रक ब्यान्ड अल्बाट्रसले रक जानराका गीत रिलिज गर्दै आएको छ । उसको सुपरहिट गीत ‘रातको रानी’, ‘भावना’, ‘तिमी भने’, ‘निश्चल’, ‘खसेका तारा’, ‘अभिमान’, ‘झरीको रात’, ‘आशा निराशा’ लगायत गीतहरु चर्चित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer