२०८१ असोज १३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

खोलाले बगाएकी कचनकवलकी नेहारिका मृत भेटिइन्


बिर्तामोड, असोज १३ । झापा कचनकवलकी १५ वर्षीया बालिका नेहारिका राजवंशी जमुना खोलाले बगाएको दुई दिनपछि मृत भेटिएकी छन् ।

कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईका अनुसार बगाएको ठाउँदेखि करिब २ किलोमिटर दक्षिण धानबारीमा केहीबेरअघि उनको शव भेटिएको हो ।

चमरभिट्टा गाउँदेखि करिब पाँच सय मिटरपूर्व नेपाल भारत सीमा नजिक धानबारीमा उनको शव भेटिएको उनले बताए । खोजी गर्नेक्रममा यसअघि आज बिहान उनको साइकल भेटिएको थियो ।

कचनकवल गाउँपालिका–१ झकुवाटोली बस्ने पचुँ राजवंशीकी छोरी नेहारिकालाई शुक्रबार दिउँसो जमुना खोलाले बगाएको थियो ।

भारतमा रहेकी सानिमाको घरबाट फर्कने क्रममा चमरभिट्टा पुलछेउमा पुगेपछि उनलाई खोलाले बगाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer