२०८१ असोज १३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

कर्णाली साकोसद्वारा बाढी प्रभावितलाई खाद्यान्न सहयोग


बिर्तामोड, असोज १३ । तीन दिनको अवरिल वर्षाले प्रभावित बनेको झापाको झापा गाउँपालिकाका स्थानीयबासीलाई कर्णाली बचत तथा ऋण सहकारी संस्थाले राहत प्रदान गरेको छ ।

संस्थाका सचिव भूपाल बस्नेतको नेतृत्वमा पीडित परिवारलाई राहत वितरण गरिएको छ । बाढीपीडितको उद्धार तथा राहतमा ‘पोको’ बोकेर जनताका घरमा गई तत्कालका लागि सामान्य खाद्यान्न वितरण गरिएको हो ।

कर्णाली साकोस शरणामती सेवाकेन्द्रले झापा गाउँपालिका वडा नम्बर ५ मा बिरिङ खोला फुटेर घरबारबाट बिचल्ली भएका २८ घर परिवारलाई राहत सहयोग गरेको हो ।

कर्णाली साकोसका शेयर सदस्य परिवारलाई जनही पाँच हजार रुपैयाँका दरले र गैरसदस्य परिवारहरूलाई तीन हजार रुपैयाँका दरले नगद तथा एक बोरा चामल, एक बोरा मुरई, दुई लिटर खानेतेल, २ केजी न्युटेला वितरण गरिएको हो ।

कार्यक्रममा संस्थाका सचिव भुपाल बस्नेत, वडा अध्यक्ष कृष्ण राजवंशी, सुरुङ्गा सेवा केन्द्रका कार्यालय प्रमुख रविन कार्की, शरणामती सेवा केन्द्रका प्रमुख मंगलसिंह राजवंशीलगायत अन्य कर्मचारीहरुको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer