२०८१ असोज १३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडमा दुईवटा मोटरसाइकल ठोक्किँदा तीनजना घाइते


बिर्तामोड, असोज १३ । झापाको बिर्तामोडमा दुईवटा मोटरसाइकल ठोक्किँदा तीनजना घाइते भएका छन् ।

आज साँझ बिर्तामोड ३ मैनालीचोक स्थित बिर्तामोड-भद्रपुर सडक खण्डमा विपरीत दिशाबाट आएका दुईवटा मोटरसाइकल आपसमा ठोक्किएका थिए ।

बाटो काट्दै गरेको प्रदेश १–०१–०१३ प ४४७६ नम्बरको मोटरसाइकललाई बिर्ता बजारबाट बिर्तामोडतर्फ आउँदै गरेको प्रदेश १–०१–०१५ प ८२८६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा बिर्तामोड-४ बस्ने २८ वर्षीय रोहित राई र पछाडि बसेका सचिन शाही तथा बिर्तामोड-१ बस्ने गुणराज श्रेष्ठ घाइते भएका प्रहरी चौकी बिर्ता बजारले जानकरी दिएको छ ।

घाइते तीनजनाको बिर्तासिटी अस्पतालमा उपचार भइरहेको जनाइएको छ । दुवै मोटरसाइकल प्रहरी चौकी बिर्ता बजारको नियन्त्रणमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer