दमक, असोज १४ । झापाको गौरीगञ्ज–२ कोरोबारीका ६० वर्षीय महेश्वर न्यौपानेलाई कृष्णे खोलाले बगाएको आशंका गरिएको छ ।
बिहान भैँसी बाँध्न गएका न्यौपाने साँझसम्म पनि परिवारको सम्पर्कमा नआएपछि उनलाई खोलाले बगाएको आशंका गरिएको हो ।
हुलाकी सडकअन्तर्गत कृष्णे खोला पुलनजिकै उनी भैँसी बाध्न गएको कुरा परिवारलाई उद्धृत गर्दै गाउँपालिका उपाध्यक्ष पुजन न्यौपानेले जानकारी दिएकी छन् । जनपद र सशस्त्र प्रहरीको सहयोगमा उनको खोजी कार्य भइरहेको छ ।