२०८१ मंसिर ८ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

कोशी प्रदेशमा बुधबार र बिहीबार झरी पर्ने, पूर्वबाट भित्रँदैछ अर्को प्रणाली


बिर्तामोड, असोज १५ । मनसुन बाहिरिनुपर्ने सिजनमा पूर्वी भेगबाट आज पुनः वर्षा सुरू हुन लागेको मौसमविद्ले बताएका छन् । भोलि बुधबारदेखि फेरि दुई दिन लगातार झरी पर्ने र यसको प्रभाव पूर्वी नेपालमा बढी पर्ने देखिन्छ ।

अपराह्नदेखि पूर्वी नेपालतर्फबाट अर्को प्रणाली भित्रनेछ । त्रिभुवन विश्वविद्यालयका जल तथा मौसम विज्ञान विभागका सहप्राध्यापक विनोद पोखरेल घटस्थापनाको दिनसम्म पानी पर्ने बताउँछन् ।

गत बिहीबारदेखि शनिबारसाँझसम्म बंगालको खाडीबाट विकास हुँदै आएको न्यूनचापीय प्रणालीका कारण घनघोर वर्षा भएको थियो ।

बाहिरिने बेलामा मनसुन पुनः सक्रिय हुने भएको छ । नेपालमा मनसुन बाहिरिने औसत मिति अक्टोबर २ तारिख हो । जुन १० अर्थात् जेठ २८ गते मनसुन नेपाल प्रवेश गरेको थियो ।

वर्षा हल्कादेखि मध्यम खालको हुने सम्भावना छ । कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।

बागमती र गण्डकी प्रदेशसम्म पानी पर्ने भए पनि ती प्रदेशमा लगातार झरी हुने नभई रोकिँदै पर्दै गर्ने सम्भावना छ ।

इन्डियन स्याटेलाइट तस्वीरमा कोशी प्रदेशमा बादलको ठुलो ढिक्का आइसकेको देखिन्छ । यसको अर्थ कोशी प्रदेशमा आजैदेखि वर्षाको प्रभाव देखिन थालिसकेको छ ।

यसको प्रभाव काठमाडौँ उपत्यकामा पनि आज अपराह्नपछि पनि देखिनसक्ने सम्भावना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer