२०८१ मंसिर ७ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

बनियानीबाट हिँडेको बस मोरङमा दुर्घटना, घाइते ३० मध्ये २ जनाको अवस्था गम्भीर


बिर्तामोड, असोज १७ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको सुन्दरहरैँचा नगरपालिका–४ र ५ को सिमानास्थित दुलारीमा दुईवटा यात्रुवाहक बस ठोक्किएर दुर्घटना भएको छ ।

बिहीबार बिहान भएको दुर्घटनामा ३० जना घाइते भएका छन् । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ । अरु सामान्य घाइते रहेको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा अधिकांश महिला छन् । वृद्धवृद्धा पनि घाइते भएका छन् । उनीहरूको विराटनगर र इटहरीका विभिन्न अस्पतालमा उपचार भइरहेको जानकारी प्रहरीले दिएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को. १ ख ७२१६ र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे. १ ख २६२८ नम्बरको बस बिहान १०ः२० बजेतिर ठोक्किएर दुर्घटना भएको मोरङ ट्राफिक प्रमुख राजन लम्सालले जानकारी दिए । उनका अनुसार दुवै बसमा सवार यात्रुहरू घाइते भएका छन् ।

लम्सालले ७२१६ नम्बरको बसका चालक पनि घाइते भएको जानकारी दिए । दुर्घटनामा परेर क्षतिग्रस्त बनेका दुवै बस प्रहरीको नियन्त्रणमा छन् ।

२६२८ नम्बरको बसका चालक झापाको भद्रपुर–१ का अन्दाजी ३५ वर्षीय रेवती श्रेष्ठ फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ । दुवै बसको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer