बिर्तामोड, असोज १७ । बन्धुहितमा सक्रिय रहेको वशिष्ठ आश्रम खरेल प्रवर्धन समिति झापा क्षेत्र नम्बर २ ले एकजना मृगौलाकी बिरामीलाई सहयोग गरेको छ ।
क्षेत्रीय समितिका अध्यक्ष नविन खरेलको नेतृत्वमा समितिका पदाधिकारी तथा सदस्यहरुले मेचीनगर १४ दुहागढी घरमै गएर उनलाई आर्थिक सहयोग प्रदान गरेको हो ।
३५ वर्षीया बबिता खरेल जानुका सात वर्षयता मृगौलामा समस्या आएपछि औषधि सेवन गर्दै आएकी छन् ।
उपचारमा सहयोग पुर्याउन उनलाई समितिले ५१ हजार २०० रुपैयाँ सहयोग गरेको वरिष्ठ उपाध्यक्ष प्रदिप खरेलले जानकारी दिए ।
मृगौलामा थप समस्या आएपछि बबिताले डेढ महिनादेखि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डाइलसिस गर्दै आएकी छन् ।