बिर्तामोड, असोज १७ । झापाको बिर्तामोडबाट सञ्चालित डिजिटल मिडिया शब्दपत्र डटकम चौथो वर्षमा प्रवेश गरेको छ ।
चौथो वर्ष प्रवेशको अवसरमा शब्दपत्र डटकमले सहयोगीलाई सम्मान र सञ्चालकलाई प्रमाणपत्र वितरण गरेको छ ।
शब्दपत्र प्रकाशन प्रालिका अध्यक्ष वालकृष्ण गिरीको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको प्रमुख आतिथ्यमा बडादसैँको शुभकामना आदनप्रदानसहित वार्षिकोत्सव मनाइएको थियो ।
कार्यक्रममा सनलाइट ह्युमन रिर्सोर्स प्रालि बिर्तामोड शाखाका प्रमुख विनोद राई र मास ह्युमन रिर्सोस प्रालि बिर्तामोड शाखा प्रमुख विकास रेग्मीलाई सम्मान गरिएको थियो ।
त्यस्तै, संस्थाका अध्यक्ष बालकृष्ण गिरी, सञ्चालक पार्वता गिरी, अर्जुन गिरी, तारा दुलाल, उमेश भारती र सम्पादक तथा प्रबन्ध निर्देशक उद्धव पुरीलाई समेत प्रमाणपत्र वितरण गरिएको थियो ।
कार्यक्रम स्वागत गर्दै सम्पादक पुरीले सबैको साथ सहयोगकै कारण छोटो समयमा एउटा लोकप्रिय मिडियाको रुपमा झापामा स्थापित भएको अनलाइन न्युज पोर्टल शब्दपत्र डटकम भएको बताए । कार्यक्रमको सञ्चालन प्रालिका सञ्चालक उमेश भारतीले गरेका थिए ।