२०८१ असोज १९ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

बाढीपहिरोको असर: झापाका बजारमा दोब्बर महँगियो तरकारी


बिर्तामोड, असोज १९ । बाढीपहिरोका कारण सडक अवरुद्ध भई आपूर्ति असहज हुँदा झापामा तरकारीको मूल्य दोब्बर बढेको छ ।

कृषि बजार व्यवस्थापन समिति बिर्तामोडका अनुसार सबैभन्दा बढी टमाटर महँगिएको छ । टमाटरको थोक मूल्य १४० रुपैयाँ प्रतिकिलो पुगेको छ ।

मेची राजमार्ग अवरुद्ध हुनु तथा पहाडमा पहिरो र झापाका केही क्षेत्र डुबानमा पर्दा तरकारी बालीमा क्षति पुग्दा झापाका बजारमा तरकारी दोब्बर भएको हो ।

झापामा ठुलो इलाम, पाँचथर र भनकुटाबाट आयात हुने गर्छ । ठुलो गोलभेँडा आज शनिबार प्रतिकिलो खुद्रा मूल्य १६० देखि १८० रुपैयाँ पुगेको छ ।

बिर्तामोड कृषि थोक बजारमा शनिबार आलु, गाँजर, भन्टा, बोडी, तिते करेला, घिरौँला पनि महँगिएको छ । फर्सी र परवर केही सस्तिएको छ ।

बिर्तामोड कृषि थोक बजारमा प्याज प्रतिकिलो अधिकतम १३० रुपैयाँ पुगेको छ । रातो आलु ८०, पहाडी काउली १००, भन्टा ८०, घिउ सिमी १४०, टाटे सिमी ९०, पाकेको फर्सी ६५, हरियो फर्सी ७०, भिन्डी १२०, बरेला (चुच्चे करेला) १३०, रायो साग १०० रुपैयाँ छ ।

कन्य च्याउ २२०, डल्ले च्याउ ४२० तथा कुरिलो अधिकतम ६०० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer