
मेचीनगर, असोज १९ । झापाको मेचीनगरमा मेची नदीले बगाएर बेपत्ता भएकी एकजना महिलाको शव भेटिएको छ ।


हिजो दिउँसो अन्दाजी ३ बजेतिर मेची नदी तर्ने क्रममा नदीले बगाउँदा बेपत्ता भएकी हिमा पोखरेल खरेलको शव भेटिएको हो ।



मेचीनगर-७ पुरानो भन्सारकी ३४ वर्षीया हिमाको शवलाई नदीमा तैरिरहेको अवरस्थामा आज बिहान भेटिएको स्थानीय पत्रकार तथा शिक्षक देबु बानियाँले जानकारी दिए ।

