
बिर्तामोड, असोज २० । झापाको मेचीनगरमा करेन्ट लगाएर माछा मार्दा एकजनाको मृत्यु भएको छ ।
आज बिहान १० बजे मेचीनगर वडा नम्बर –८ सेन्टर टोल बस्ने ३८ वर्षीय रामकुमार गिरीले स्थानीय राजपैनीमा बिद्युतीय तारबाट करेन्ट सप्लाई गरी माछा मार्ने क्रममा उनलाई अचानक करेन्ट लागेको थियो ।
घाइते गिरीलाई आफन्तले बीएण्डसी अस्पताल बिर्तामोडमा ल्याई उपचार गराईरहेकोमा उपचारको क्रममा दिउँसो १२ः२३ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।
घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।