२०८१ कार्तिक २ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

कोशी प्रदेश हुँदै बाहिरियो मनसुन


बिर्तामोड, असोज २७ । यस वर्षको मनसुन १२५ दिनसम्म रहेर नेपालका सबै भूभागबाट बाहिरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

असोज २० गते सुदूरपश्चिम र कर्णाली प्रदेशबाट बाहिरिएको मनसुन हिजो बेलुका दशैँको टिकाको दिन कोशी प्रदेशबाट समेत बाहिरिएको हो ।

जुन, जुलाई, अगस्ट, सेप्टेम्बर महिनालाई मनसुन अवधि मानिन्छ । नेपालमा सरदर जुन १३ मा मनसुन भित्रिएर अक्टुबर २ मा बाहिरिन्छ ।

तर, यस वर्ष सरदर मितिभन्दा तीन दिनअघि अर्थात् जुन १० (जेठ २८ गते) मनसुन भित्रिएको थियो । र, मनसुन बहिर्गमनको सरदर मिति (अक्टुबर २) भन्दा झन्डै एक हप्तापछि मनसुन बाहिरिन सुरु गरेको थियो ।

यस वर्ष सरदर मितिभन्दा १० दिन ढिलो मनसुन बाहिरिएको छ । यस वर्ष सरदर मितिभन्दा १० दिन ढिलो गरी मनसुन पूर्णरुपमा बाहिरिएको हो । नेपालमा यो वर्ष १२४ दिनसम्म मनसुन रह्यो ।

असोज दोस्रो साता अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण नेपालमा २४० भन्दा बढीको ज्यान गएको छ भने अर्बौं रुपैयाँको भौतिक क्षति भएको अनुमान छ ।

नेपालमा मनसुनी वर्षाको विवरण राख्न थालेको वर्ष १९६८ देखि हालसम्म सबैभन्दा ढिलो सन् २०१३ मा मनसुन बाहिरिएको थियो । सो वर्ष १९ अक्टुबरमा मनसुन बाहिरिएको रेकर्ड छ ।

यसैगरी सबैभन्दा छोटो अवधि सन् १९७९ मा ७३ दिनसम्म (जुन २४ देखि सेप्टेम्बर ४ सम्म) मात्र मनसुन कायम थियो ।

पूर्वी वायु अर्थात् मनसुनी वायुलाई पश्चिमी वायुले प्रतिस्थापन गर्‍यो भने मनसुन बाहिरिएको भनिन्छ । पूर्वी नेपालबाट भित्रिने मनसुन पश्चिमबाट बाहिरिन सुरु गर्दछ ।

मनसुन बाहिरिने क्रममा भारतको मध्यप्रदेश, उत्तराखण्ड हुँदै नेपालको सुदूरपश्चिममा पश्चिमी वायु प्रवेश गर्दछ । मनसुन बाहिरिएपछि हिउँद अर्थात् जाडोयाम सुरु हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer