२०८१ कार्तिक २ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडमा सन्थाल नृत्य गरेर माग्दै हिँडेका ऋषिदेवको मृत्यु


बिर्तामोड, असोज २७ । झापा बिर्तामोड-१० स्थित मुसहर बस्तीका सीताराम ऋषिदेवको सन्थाल नृत्य देखाएर घरघरमा माग्दै गर्दा मृत्यु भएको छ ।

हिजो साँझ दशैँको टिकाको दिन ५३ वर्षीय ऋषिदेवको मृत्यु भएको हो । शुक्रबार बिहानै घर छाडेका उनले मादक पदार्थ सेवन गरी मातेकै अवस्थामा नाच्दै घरघरमा माग्दै हिँडिरहेका थिए ।

सीतारामलाई शनिबार बिहान ६ बजे मनकामना मन्दिर विराटपोखरमा लडिरहेको देखेर स्थानीयले परिवारलाई खबर गरेका थिए ।

प्रादेशिक अस्पताल भद्रपुरमा उपचारको क्रममा उनको मृत्यु भएको परिवारले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer