२०८१ कार्तिक ३० शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

सडक खुल्नासाथ पाथिभरामा बढ्यो तीर्थयात्रीको चहलपहल


बिर्तामोड, असोज २८ । सडक अवरुद्धका कारणले सुनसान जस्तै भएको पाथीभरा पछिल्लो समयमा तीर्थयात्रीको संख्या बढ्दै गएको छ । सडक मर्मत गरी सञ्चालन भएसँगै पाथिभरामा आउने तीर्थयात्रीको वृद्धि हुँदै गएको हो ।

ताप्लेजुङको पाथिभरा मन्दिरसम्मको सडक अस्थायी रूपमा सञ्चालन भएपछि स्थानीय होटल व्यवसायी र यातायात व्यवसायीसमेत उत्साहित भएका छन् । लगातारको वर्षाका कारण अवरुद्ध रहेको मेची राजमार्ग, तमोर करिडोर, र पाँचथर सडक खण्ड खुल्नासाथ तीर्थालुको चहलपहलमा वृद्धि भएको छ ।

सोमबार मात्र करिब चार सय तीर्थालु मन्दिरमा पुगेको पाथिभरा मन्दिरका कर्मचारी राजेन्द्र महतले बताए । स्थानीय होटल व्यवसायीका अनुसार माथिल्लो फेदी क्षेत्रमा रहेका होटलमा तीर्थालुबाट बसोबास र खानाको लागि बुकिङ भइरहेको छ ।
दसैँको अन्तिम समयमा सडक सञ्चालन भएपछि स्थानीय व्यवसायीले तीर्थालुको आगमनलाई स्वागत गर्दै उनीहरूको सुविधाका लागि तयारी गरिरहेका छन् ।

लगातारको वर्षाका कारण यही असोज १२ देखि विभिन्न खण्डमा यातायात ठप्प भएको थियो । हेँवाखोलामा बेलिब्रिज बगाएपछि पाँचथर र ताप्लेजुङबीचको सिधा आवागमन बन्द भएको थियो भने तमोर करिडोरको नावाखोलामा पनि पानीको सहत बढेपछि यातायात सञ्चालन असहज बनेको थियो ।

रमिते र राजदुवाली खण्डमा पहिरोले सडक बगाएपछि यातायात पुनःसञ्चालनमा कठिनाइ आएको थियो । हाल अस्थायी रूपमा डाइभर्सन बनाइ सवारी आवागमन सुरु भएपछि यातायात र व्यापार–व्यवसायले गति लिन थालेको छ ।

नवरात्रको समयमा सडक अवरुद्ध हुँदा पाथिभरा मन्दिरमा दर्शनार्थीको संख्या घटेको थियो । सडक सञ्चालन भएपछि स्थानीय व्यवसायीले तीर्थालुको आगमन सुरु भएको पाथिभरा क्षेत्र विकास समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer