२०८१ कार्तिक २ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

झापामा सुनको मूल्य प्रतितोला १ लाख ६३ हजार


बिर्तामोड, कात्तिक १ । झापाली बजारमा बिहीबार सुनको मूल्यमा ऐतिहासिक रेकर्ड कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ झापा शाखाका अनुसार आज छापावाल सुनको मूल्य ६ सय रुपैयाँले बढेर तोलामा १ लाख ६३ हजार रुपैयाँ कायम भएको हो ।

झापाका सुन पसलमा बुधबार सुनको मूल्य तोलामा १ लाख ६२ हजार ४०० रुपैयाँ कायम भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । बुधबार तोलामा १ हजार ९ सय ५० रूपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer