२०८१ कार्तिक २ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

झापाको नेपाल एभरेस्ट कार्डमम् विदेशमा अलैँचीका उत्पादन बेच्ने पहिलो कम्पनी


बिर्तामोड, कात्तिक १ । झापा बिर्तामोडको एक अलैँची उद्योगले संयुक्त अरब इमिरेट्सको दुबईमा शाखा कार्यालय विस्तार गरेको छ ।

बिर्तामोडमा रहेको नेपाल एभरेस्ट कार्डमम् प्रोडक्सन एन्ड प्रोसेसिङ प्रालिले दुबईमा शाखा कार्यालय स्थापना गरेर अलैँचीका उत्पादनको बिक्री सुरु गरेको हो ।

उद्योगका अध्यक्ष ओमकृष्ण बिमलीका अनुसार अलैँचीका उत्पादनहरु तेल, पाउडर, मसला तथा क्याप्सुलको ‘एभरेस्ट सान’ को ब्रान्डका रुपमा दुबईमा बिक्री सुरु गरिएको हो ।

नेपाली उद्योगले पहिलोपटक विदेशमा आफ्नै कार्यालय स्थापना गरेर आफैँले उत्पादन गरेर नेपाली अलैँचीलाई विश्वबजारमा पुर्‍याउने लक्ष्य लिएको अध्यक्ष बिमलीले झापा टुडेलाई जानकारी दिए ।

वार्षिक २५ लाख किलोग्राम अलैँचीको उत्पादन गर्दै आएको उद्योगले वार्षिक तीन कन्टेनर उत्पादन दुबई कार्यालयमार्फत बिक्री गर्ने योजना बनाएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रज्ज्वल बिमलीले बताए ।

तिहारपछि अमेरिकासहित क्यानडा, अस्ट्रेलिया र युरोपेली मुलुकमा आफ्ना उत्पादन बिक्रीको तयारी गरिएको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer