२०८१ कार्तिक २ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

अर्जुनधारामा फलामको गेटले किचेर बालकको मृत्यु


बिर्तामोड, कात्तिक २ । झापाको अर्जुनधारामा फलामको गेटले किचेर दुई वर्षका बालकको मृत्यु भएको छ ।

अर्जुनधारा–६ का सवनम मस्कराको छोरा शिवयम मस्कराको मावली घरको फलामको गेटले किचेर मृत्यु भएको हो ।

बिहीबार राति ८ बजे आमा श्रेया अग्रवालसँग शिवयम सोही स्थानमा रहेको मामाघरमा पाहुना गएका थिए ।

मामा ऋषि अग्रवालको घरको गेट खोल्ने क्रममा गेट पल्टेर उनी गम्भीर घाइते भएका थिए । उनको आज बिहान उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer