२०८१ कार्तिक २ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडमा दुर्घटनामा पानवारीको मृत्यु


बिर्तामोड, कात्तिक २ । झापाको बिर्तामोड–भद्रपुर सडकखण्डको बिर्ताबजारमा सामान ढुवानी गर्ने ‘छोटा हात्ती’ गाडीको ठक्करबाट एक भारतीय नागरिकको मृत्यु भएको छ ।

दुर्घटनामा पैदलयात्री भारत बहादुरगञ्ज घर भई हाल बिर्तामोड–३ सैनिकमोडमा बस्दै आएका अन्दाजी ६५ वर्षीय आसारुलाल पानवारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

हिजो साँझ ६ः३० बजे बिर्तामोड–३ बिर्ताबजारस्थित बिर्तामोड–भद्रपुर सडकखण्डमा बनियानीबाट बिर्ताबजारतर्फ आउँदै गरेको मे. १ च ५९३० नम्बरको छोटा हात्ती गाडीले उनलाई ठक्कर दिएको थियो ।

टाउकोमा चोट लागेर बिर्तासिटी अस्पतालमा बिर्तामोडमा उपचार भइरहेका पानवारीको आज बिहान २ बजे मृत्यु भएको हो ।

ठक्कर दिने छोटा हात्ती र चालक कनकाई–८ बस्ने ४६ वर्षीय मानबहादुर भुजेललाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer