२०८१ मंसिर ६ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि कमलमा तनाव


दमक, कात्तिक ३ । झापाको कमल गाउँपालिकामा बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएपछि अहिले पूर्व–पश्चिम राजमार्गमा तनाव सिर्जना भएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ३४३५ नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बसको ठक्करबाट को. १६ प ५३२२ नम्बरको मोटरसाइकलका चालक मोरङ केराबारी-७ का ५५ वर्षीय पदम मुकारुङ राईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।

दुर्घटनापछि बसको गल्ती भएको भन्दै स्थानीयले बसमाथि आगजनी गरेका छन् । आगजनीपछि अहिले राजमार्गमा ठुलो भीड लागेको छ ।

भीडलाई नियन्त्रणमा लिन प्रशासनले बाक्लो प्रहरी परिचालन गरेको छ । आधा घण्टादेखि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ ।

राजमार्ग अवरुद्ध भए पनि प्रहरीले वैकल्पिक मार्गबाट यातायात सञ्चालन गरिरहेको छ । अहिले शव घटनास्थलमै छ । प्रहरीले मुचुल्का बनाएर शव उठाउने प्रक्रिया अघि बढाएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer