२०८१ मंसिर ६ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

मलेसियामा फेब्रुअरी १ देखि श्रमिकको न्यूनतम तलब १७ सय रिंगेट


बिर्तामोड, कात्तिक ४ । मलेसियाले आफ्नो नागरिकसरह नेपालीसहित विदेशी श्रमिकका लागि न्यूनतम तलब १७ सय रिंगेट (करिब ५३ हजार रुपैयाँ) निर्धारण गरेको छ ।

मलेसियन प्रधानमन्त्री तथा अर्थमन्त्री अनवर इब्राहिमले आगामी आर्थिक वर्ष (२०२५) को बजेट पेस गर्दै श्रमिकको न्यूनतम तलब बढाएको घोषणा गरेका हुन् । यो तलबमान आउँदो फेब्रुअरी १ देखि कार्यान्वयनमा आउनेछ ।

यसअघि मलेसियामा श्रमिकको न्यूनतम तलब १५ सय रिंगेट (४७ हजार रुपैयाँ) कायम गरिएको थियो । मलेसियाले नयाँ तलब दुई वर्षपछि बढाएको हो ।

बढेको तलब घरेलु श्रमिकबाहेक सबै क्षेत्रमा लागु हुने प्रधानमन्त्री इब्राहिमको भनाइ छ । मलेसियाको न्यूनतम पारिश्रमिक नीतिअनुसार राष्ट्रियताका आधारमा कुनै पनि श्रमिकले पाउने न्यूनतम तलबमा भेदभाव गर्न पाइँदैन ।

यो सन् १९९७ मा जारी भएको अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को समान पारिश्रमिक महासन्धि (१००) अनुसार मिल्दोजुल्दो छ ।

मलेसियामा तीन लाख ९९ हजार ६ सय १४ जना नेपाली कार्यरत छन् । जसमा १० हजार ९ सय ५७ जना महिला छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer