२०८१ मंसिर ७ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

कमलमा वडा छुट्याउन र आकर्षक देखाउन रङरोगन सुरु


दमक, कात्तिक ४ । झापाको कमल गाँपालिकाकाका वडाहरुको पहिचान गराउन फरकफरक रङरोगनको काम सुरु गरिएको छ ।

७ वटा वडा रहेको कमल गाउँपालिकाभित्र सबै वडाको भूगोल पहिचान गराउन अलगअलग रङको प्रयोग गरेर सौन्दर्यकरणको सुरुवात गरिएको अध्यक्ष हुकुमसिंह राईको भनाइ छ ।

कमल ५ को मंगलबारे बजारदेखि मैना खोला वरपीपल चोकसम्म बिजुलीको पोल र कल्भर्टमा तथा मंगलबारे बजारदेखि गेउरिया खोलासम्म रङरोगन गर्ने काम सकिएको अभियानमा खटिएका सगुन युवा क्लबका अध्यक्ष देवेन्द्र आङदेम्बेले बताए ।

कमल-५ र ६ मा पर्ने ती सडकको दुवैतर्फका वडा छुट्याउन संकेतका लागि अलगअलग रङ प्रयोग गरिएको छ । अभियानका क्रममा जिम्दार चोकदेखि सोनापुरसम्म विस्तार गरिने जनाइएको छ ।

अध्यक्ष राईको नेतृत्वमा स्थानीय युवाहरु गाउँको सौन्दर्यकरण, आआफ्नो वडाको पहिचान गराउने अभियानमा जुटेका छन् । चाडपर्वको उल्लासबीच उनीहरु दैनिकजसो श्रमदानमार्फत गाउँ सौन्दर्यकरणका लागि जुटेका हुन् ।

अभियानका रुपमा गाउँघरका बाटाघाटा सरसफाइ र रङरोगन गर्नेदेखि बिजुली विस्तार गर्नेसम्मका कामलाई जारी राखिएको छ ।

पाडाजुँगी गौरादह सडक खण्डमा रातको समय झिलीमिली बनेको छ । बत्तीको महशुल स्थानीय टोल विकास संस्थामार्फत तिर्ने व्यवस्थापन गरिएको कमल ५ मंगलमय टोल विकास संस्थाका अध्यक्ष गणेश प्रधानले बताए ।

सो सडक र सडकसँगै जोडिएका भित्री कालोपत्रे सडकमा स्थानीय क्लब, टोलका बासिन्दाहरुले विगत केही दिनदेखि श्रमदान गर्दै आएका छन् । रङ खरिदको व्यवस्थापन अध्यक्ष राईले मिलाएका छन् भने स्थानीय युवाहरुले रङ लगाउन साथ दिँदै आएका छन् ।

गाउँघरलाई हराभरा बनाउन सडक, कल्भर्ट, बिजुलीका पोललाई आर्कषक रङ दल्नुका साथै विद्युत विस्तारको काम धमाधम भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer