२०८१ कार्तिक ५ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

मेची भन्सार राजश्व असुलीमा असफल


मेचीनगर, कात्तिक ४ । आर्थिक वर्ष २०८१–८२ को पहिलो त्रैमासिकमा मेची भन्सार कार्यालय लक्ष्यअनुरुप राजश्व संकलन गर्न असफल भएको छ ।

चालु आर्थिक वर्षको तीन महिनामा कार्यालयले तीन अर्ब ५८ करोड ९० लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । अघिल्लो आर्थिक वर्षको भन्दा यो रकम १९ करोड १७ लाख ४१ हजारले कम्ति हो ।

आर्थिक वर्ष २०८०–८१ को सोही अवधिमा तीन अर्ब ३९ करोड ७२ लाख ७० हजार रुपैयाँ सङ्कलन भएको थियो ।

चालु तीन महिनामा संकलित रकम वार्षिक लक्ष्यको २० दशमलव ६९ प्रतिशत मात्र हो । कार्यालयले यो वर्ष १७ अर्ब ३४ करोड ४६ लाख २५ हजार राजश्व संकलन गर्ने लक्ष्य लिएको भन्सार अधिकृत गणपति कँडेलले जानकारी दिए ।

आव २०८०–८१ मा १८ अर्ब २५ करोड ७८ लाख ६८ हजार रुपैयाँ राजश्व संकलनको लक्ष्य रहेकामा ७८ दशमलव चार प्रतिशत मात्र हाँसिल भएको थियो ।

आर्थिक वर्ष २०८१–८२ मा गत आर्थिक वर्षको भन्दा ९१ करोड ३२ लाख ४३ हजार रुपैयाँले राजश्वको लक्ष्य घटाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer