२०८१ कार्तिक ७ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

कमलमा रात्रिबसको ठक्करमा हजुरबुवा-नातिनीको मृत्यु


बिर्तामोड, कात्तिक ७ । झापाको कमलमा बसको ठक्करबाट एकै परिवारका दुईजनाको मृत्यु भएको छ ।

बुधबार बेलुका पूर्वपश्चिम राजमार्गको झापाको केरखामा खण्डमा काँकरभिट्टाबाट यात्रु लिएर काठमाडौँ जाँदै गरेको प्रदेश १–०१–००१ ख ४३३१ नम्बरको रात्रि बसको ठक्करबाट कमल–३ का ६० वर्षीय टेकबहादुर लिम्बू र उनका १० वर्षीया नातिनीको मृत्यु भएको हो ।

उनीहरु इलेक्ट्रिक साइकलमा सवार थिए । दुर्घटनाको विरोधमा स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् ।

ठक्कर दिने बसमा तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer