२०८१ कार्तिक ९ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

समुद्री आँधीको प्रभावले पूर्वी भेगमा वर्षाको सम्भावना


बिर्तामोड, कात्तिक ९ । समुद्री आँधी ‘दाना’ को प्रभाव नेपालमा पनि पर्न थालेको छ । यसका कारण नेपालको पूर्वी भागमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् मीनकुमार अर्यालले समुन्द्री आँधी ‘दाना’ को प्रभावका कारण कोशी प्रदेश र मधेस प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको जानकारी दिए ।

पूर्वका केही ठाउँमा हल्का वर्षाको सम्भावना रहे पनि देशका अरु ठाउँमा भने मौसम घमाइलो हुने मौसमविद्ले बताएका छन् ।

बङ्गालको खाडीमा केही दिनअघि उत्पन्न भएको यो आँधीको प्रभाव भारतको उडिसा र पश्चिम बङ्गालमा पनि परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer