२०८१ मंसिर ६ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

भद्रपुरमा सिटी सफारी चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु


बिर्तामोड, कात्तिक १० । झापाको भद्रपुरमा तीनचक्के विद्युतीय सिटी सफारीको ब्याट्री चार्ज गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भद्रपुर ५ देवीबस्ती निवासी ३६ वर्षीय शम्भु सहनी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सहनी शुक्रबार दिउँसो १ बजेको समयमा आफ्नै घरमा सिटी सफारीको ब्याट्री चार्ज गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए ।

घाइते उनलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको थियो । त्यहाँ उपचार सम्भव नभएर थप उपचारका लागि ओमसाई पाथिभरा हस्पिटल लगिएको र उनको हिजो राति १० बजे उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

शवको कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ । घटना बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer