२०८१ कार्तिक ११ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

झापा ११ ले जित्यो बेलबारी गोल्डकपको उपाधि


बिर्तामोड, कात्तिक १० । बेलबारीमा आयोजित सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि झापा ११ फुटबल क्लबले जितेको छ ।

शनिबार सहलेस फुटबल क्लब सिरहालाई टाइब्रेकरमा ५–३ गोल अन्तरले पराजित गर्दै झापाले उपाधि जितेको हो ।

उपाधिसँगै झापा ११ ले ८ लाख नगद, अढाई किलो चाँदीमा दुई तोला सुनजडित ट्रफी जितेको छ । उपविजेता सहलेस फुटबल क्लब सिरहाले चार लाखसहित ट्रफी जितेको छ ।

निर्धारित समय १–१ गोलको बराबरी भएपछि भएको ट्राइब्रेकरमा झापा ११ का लागि दिनेश उराव, अभिषेक गुरुङ, शौरभ लिम्बू, उत्सव राई र देवेन्द्र तामाङले गोल गरे ।

सहलेस फुटबल क्लब सिरहाका लागि राम थापा, आदित्य शाक्य र विप्लव गुरुङले गोल गरे । समीर तामाङको प्रहार झापाका गोल रक्षक सन्दीप लिम्बूले बचाए ।

झापाका सन्दीप लिम्बू उत्कृष्ट गोलरक्षक, उत्सव राई उत्कृष्ट मिडफिल्डर, सन्तोष गुरुङ उत्कृष्ट कोच र देवेन्द्र तामाङ सर्वश्रेष्ठ खेलाडी घोषित भए ।

तामाङले १० हजार नगदसहित ट्रफी र अरु खेलाडीले जनही ७ हजार नगद र ट्रफी प्राप्त गरे ।

सहलेस फुटबल क्लबका अजयी मार्टिनले सर्वाधिक गोलकर्ताको उपाधि प्राप्त गरे । उनले खेल अवधिमा पाँच गोल गरेका थिए । सलहेसका समिर तामाङले उत्कृष्ट फरर्वाडको उपाधिसँगै ७ हजार नगद र ट्रफी प्राप्त गरे ।

विजयी टिमका खेलाडीलाई कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री पाँचकर्ण राई, कोशी प्रदेशका सांसदहरू ज्ञानेन्द्र सुवेदी र मानबहादुर लिम्बू, बेलबारी नगरपालिकाका नगरप्रमुख दिलप्रसाद राई र एन्फाका कोशी प्रदेश अध्यक्ष किशोर राईलगायतले पुरस्कार प्रदान गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer