२०८१ कार्तिक ११ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

न्यु स्टार फुटबलमा जलथल सेमिफाइनलमा


बिर्तामोड, कात्तिक १० । टाइब्रेकरमा ब्रदर्श युनाइटेड चन्द्रगढीलाई हराउँदै जलथल एफसी न्यु स्टार जिल्लास्तरीय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा ब्रदर्शलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले हराउँदै जलथल सेमिफाइनलमा प्रवेश गरेको हो ।

यसअघि निर्धारित समयको खेलमा जलथलका सञ्जोग मगर दोस्रो मिनेटमा गोल गरे । त्यस्तै, ब्रदर्शका लागि सविन मगरले इन्ज्युरी समयमा गोल गरेर खेल बराबरीमा ल्याए ।

खेलको प्लेयर अफ द म्याच जलथलका गोल किप्पर जीवन राई भए । उनले नगद २ हजार पाए ।

बिर्तामोड-७ स्थित स्थानीय सुन्दर निचाझोडा वनको सुन्दर डाँडा खेल मैदानमा जारी खेलमा भोलि पहिलो सेमिफाइनलमा आयोजक न्यु स्टार र रेड स्टार आपसमा भिड्ने छन् ।

प्रतियोगिताको विजेताले नगद ५१ हजार र उपविजेताले नगद ३१ हजारसहित आकर्षक ट्रफी पाउनेछ । प्रत्येक खेलको प्लेयर अफ द म्याच बन्ने खेलाडीले नगद २ हजार पाउने छन् ।

विधागततर्फ पाँचवटा विधामा जनही ३३ सय र बेस्ट प्लेयर बन्ने खेलाडीले ट्रफीसहित नगद ५ हजार पाउने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer