२०८१ कार्तिक ११ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

अर्जुनधाराका चौधरीको शंकास्पद मृत्यु


बिर्तामोड, कात्तिक ११ । झापाको अर्जुनधारा–६ का एक व्यक्तिको शंकास्पद मृत्यु भएको प्रहरीले जनाएको छ ।

अर्जुनधारा-६, मुखानी गाउँ बस्ने फागुलाल चौधरीका जेठा छोरा ४२ वर्षीय डम्बरलाल चौधरीको शंकास्पद मृत्यु भएको हो ।

उनी अर्जुनधारा-६ पुलचोकको ठुले मुर्मूको घरमा हिजो दिउँसो करिब ३ बजे सिकिस्त अवस्थामा भेटिएका थिए ।

उनलाई उपचारका लागि बिर्तासिटी अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको उनका काका पाण्डवलाल चौधरीले बताए ।

विष सेवनबाट उनको मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ । आफैँले विष सेवन गरेको वा अरुले विष सेवन गराएको भन्ने विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको छ । प्रहरीले घरधनी मुर्मूलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer