२०८१ कार्तिक ११ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडमा कात्तिक १४ गते ‘बिर्तामोड रन’ हुने


बिर्तामोड, कात्तिक ११ । झापाको बिर्तामोडमा तेस्रो संस्करणको महिला तथा पुरुष बिर्तामोड रन हुने भएको छ । अनारमनी सामाजिक युवा क्लबको आयोजनामा रन हुन लागेको हो ।

कार्यक्रम संयोजक रुपेश तिम्सिनाका अनुसार तिहारको उपलक्ष्यमा हुने रन पाँच किलोमिटर दूरीको हुनेछ ।

बिर्तामोडको सैनिक बजारबाट सुरु हुने रन बिर्तामोड नगरपालिका अगाडि आएर टुंगिने अर्का संयोजक भरत राईले जानकारी दिए ।

महिला तथा पुरुष खुला रनको दुवै विधाको विजेताले नगद आठ हजार रुपैयाँ पाउने छन् ।

त्यस्तै, दोस्रो हुनेले नगद पाँच हजार र तेस्रो हुने नगद तीन हजार रुपैयाँ पाउने क्लबका अध्यक्ष राज मुखियाले बताए ।

रनलाई बिर्तामोड-३ को वडा खेलकुद विकास समितिले सहयोग गरेको छ । रन यही कात्तिक १४ गते हुनेछ ।

पहिलो संस्करणको ‘बिटिएम रन’ को उपाधि मेघराज राई र रेखा लिम्बूले जितेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer