२०८१ कार्तिक ११ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडको हिकोला रोड आजदेखि एकतर्फी, पार्किङ पनि निषेध


बिर्तामोड, कात्तिक ११ । चार दिनअगाडि निर्णय गरिएको बिर्तामोडको हिकोला रोड आजदेखि औपचारिक रुपमा एकतर्फी बनाइएको छ ।

आज बिहान एक कार्यक्रमको आयोजना गरेर बिर्तामोड उद्योग वाणिज्य संघ, जिल्ला ट्राफिक प्रहरी कार्यालय, बिर्तामोड वडा नम्बर ५, स्थानीय व्यवसायी लगायतले एकतर्फी सडकमा सांकेतिक चिन्ह राखेका छन् ।

लायन्स क्लब अफ बिर्तामोड सिटीले ट्राफिक सांकेतिक बोर्ड उपलब्ध गराएको हो ।

अति व्यस्त बन्दै गएपछि बिर्तामोड उद्योग वाणिज्य संघको अगुवाईमा काँकरभिट्टा रोडबाट कृषिथोक जाने हिकोला रोडमा सवारी साधन एकतर्फी (दक्षिणबाट उत्तर) मात्र सञ्चालन गर्ने निर्णय भएको संघका अध्यक्ष राजु न्यौपानेले बताए ।

त्यस्तै, हिकोला रोडमा प्रत्येक महिनाको १५ गतेसम्म सडकको पूर्वतर्फ र १६ गतेबाट मसान्तसम्म पश्चिमतर्फ दुईपांग्रे मात्र पार्किङ गर्न पाइने भएको छ ।

त्यस्तै, हिकोला रोडमा सामग्रीहरु लोड अनलोड गर्ने ठुला सवारी साधनलाई बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म प्रवेश निषेध गर्ने र शनिश्चरे रोड ग्लोबल आइएमइ बैंक हुँदै कृषि थोक चोक (चौबाटो) सडक क्षेत्रमा पार्किङ निषेध गर्ने निर्णय भएको संघका कोषाध्यक्ष युवराज निरौलाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer