२०८१ कार्तिक ११ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

दमकका निरौलाको हत्या आरोपी दर्जी दुईवटा कारसहित पक्राउ


बिर्तामोड, कात्तिक ११ । झापा प्रहरीले दमकका देशु भन्ने यामु निरौलाको हत्यामा संलग्नको आरोप लागेका अर्का एकजनालाई पनि पक्राउ गरेको छ ।

प्रहरीले हत्या आरोपी संखुवासभा मादी–१०का गणेश दर्जीलाई काँकरभिट्टबाट पक्राउ गरेको हो । दमक ३ दुम्सेमा बस्दै आएका २६ वर्षीय दर्जीलाई कारसहित पक्राउ गरिएको हो ।

उनको साथमा रहेको मे. १ च २३९९ र प्रदेश १–०१–००१ च ८६३१ नम्बरका कारलाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीले यसअघि घटनामा संलग्न मोरङ उर्लाबारी–६ का ४२ वर्षीय प्रकाश कार्की, र वडा नम्बर ७ का ४९ वर्षीय ध्रुव गौतमलाई पक्राउ गरिसकेको छ ।

दमक–३ उज्यालो टोल विकास संस्थाको दक्षिणस्थित बगर टोलमा जग्गाको विषयमा भेला भएका बेला कात्तिक ६ गते दमक–९ का ३७ वर्षीय निरौलामाथि कुटपिट हुँदा मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer