२०८१ मंसिर १० सोमबार
Jhapa Today
Adv top
Adv below_nav

काँकरभिट्टाबाट आउने पर्यटक दोब्बरले बढे


बिर्तामोड, कात्तिक १२ । काँकरभिट्टा हुँदै नेपाल आउने पर्यटक बढेका छन् । सो नाका चार वर्षपछि दुई महिनाअघि मात्र खुला गरिएको थियो ।

गत दुई महिनामा ८९० जना तेस्रो मुलुकका नागरिक नेपाल प्रवेश गरेको अध्यागमन कार्यालय काँकरभिट्टाले जनाएको छ ।

सन् २०२४ को सेप्टेम्बर महिनामा यो नाका भएर २८७ जना तेस्रो मुलुकका नागरिक नेपाल प्रवेश गरेको अध्यागमन कार्यालय काँकरभिट्टाका प्रमुख तुलसी भट्टराईले बताए ।

अक्टुबरमा भने ६०३ जना पर्यटक नेपाल आएका छन् । अघिल्लो महिनाको तुलनामा पछिल्लो महिना दोब्बर संख्यामा पर्यटकको आगमन भएको छ ।

कोभिडका बेला काँकरभिट्टासँग जोडिएको भारतीय नाका पानीट्यांकीबाट तेस्रो मुलुकका नागरिकलाई आउजाउ गर्न निषेध गर्दै आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer