बिर्तामोड, कात्तिक १२ । झापाको बिर्तामोडको व्यस्त चोकहरुमा मिसन बिर्तामोडले झिलिमिली बत्ती बालेको छ ।
सामाजिक कार्यमा अग्रणी रहेको मिसन बिर्तामोड र बिर्तामोड वडा नम्बर ४ को अगुवाईमा आज साँझदेखि छठपर्वसम्म विद्युतीय झिलिमिली बत्ती बालेको मिसनका संयोजक माधवकुमार झाले बताए ।
नेपाली राष्ट्रिय महिला फुटबल टिम साफ च्याम्पियनसिपमा रोमाञ्चक जित निकादै फाइनल पुगेको खुशियालीमा आजदेखि नै बत्ती बालिएको हो ।
मिसन बिर्तामोडले तिहार र छठको उपलक्ष्यमा बिर्तामोडको मुख्यचोक तथा अदुवा खोलाको पुलमा झिलिमिली बत्ती बाल्ने यसअघि नै तयारी गरिएको झाले जानकारी दिए ।