बिर्तामोड, कात्तिक १४ । नेपाली सेनाको अरिदमन गण चारआलीमा एक कार्यक्रमका बीच अन्तिम दलेल कवाज भई पास आउट भएका छन् ।
आज चारआली ब्यारेकमा १०० जना सैन्यबाट सिपाही दर्जामा पदोन्नति भएका हुन् ।
नम्बर २१ बाहिनी अड्डाका सहायक बाहिनीपति महासेनानी प्रज्ज्वल रायमाझीको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा भद्रपुर नगरप्रमुख गणेश पोखरेल, अर्जुनधारा नगरप्रमुख बलदेव गोम्देन, प्रहरी तथा सशस्त्र प्रहरी प्रमुख लगायतको उपस्थिति रहेको थियो ।
सैन्य आधार तालिममा सैन्य राजकुमार मोक्तान प्रथम भए । अन्य विभिन्न विधामा उत्कृष्ट भएकाहरुलाई समेत प्रमुख अतिथिबाट पुरस्कार वितरण भएको थियो ।
नेपाली सेनाका नयाँ सदस्यहरु पास आउट भएसँगै नेपाली सेनाको दरबन्दी पूरा गर्न विभिन्न युनिटमा नियुक्ति भएको अरिदमन गणका गणपति प्रमुख सेनानी प्राजु बस्न्यातले जानकारी दिए ।