बिर्तामोड, कात्तिक १५ । झापा बिर्तामोडका एकजना किशोर साइक्लिस्टले एक चक्काले ‘व्हिली’ गरेर चुनौती प्रस्तुत गरेका छन् ।
बिर्तामोड-१ का १५ वर्षीय साइक्लिस्ट साहिल नेपालीले बिर्तामोडबाट सुनसरीको तरहरासम्म एक चक्काले मात्र साइकल चलाएर यात्रा पूरा गरेका हुन् ।
अगाडिको चक्का उठाएर उनले १६ घण्टामा तरहरासम्मको ८५ किलोमिटर यात्रा पूरा गरेका छन् ।
नेपालमा पहिलोपटक आफूले ८५ किलोमिटरको व्हिली गरेको उनले जानकारी दिए ।