मेचीनगर, कात्तिक १७ । झापाको मेचीनगर-२ मा रहेको भानु माध्यमिक विद्यालयले विद्यार्थीको अतिरिक्त क्रियाकलाप सञ्चालनमा सहयोगका लागि देउसी सुरु गरेको छ ।
बाल क्लब र जुनियर रेडक्रस सर्कलको आयोजनामा भएको देउसी हिजो विद्यालयको सेवाक्षेत्र भृकुटी चोकबाट सुरु भएको हो ।
आर्थिक स्रोतका अभावले विद्यार्थीहरुलाइ विभिन्न सांस्कृतिक क्रियाकलाप सञ्चालन गर्न तथा विद्यार्थीका प्रतिभा उजागर गर्ने कार्यक्रममा सहयोगका लागि देउसी सुरु गरिएको प्रधानाध्यापक खड्गकुमारी तिम्सिनाले जानकारी दिइन् ।
तीन दिनसम्म चल्ने देउसी कार्यक्रमको समापन शिक्षक, अभिभावक, विद्यार्थीमाझ सामुहिक देउसी खेलेर कात्तिक २७ गते हुनेछ ।
देउसी कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी, अभिभावकको सहभागिता रहेको तिम्सिनाले बताइन् ।