२०८१ मंसिर ७ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

तिहारको भोलिपल्ट महँगियो तरकारी बजार


बिर्तामोड, कात्तिक १९ । दसैँपछि केही सस्तिएको झापाको तरकारी बजार तिहार सकिएको भेलिपल्ट केही महँगो भएको छ ।

कृषि बजार व्यवस्थापन समिति बिर्तामोडले निकालेको आजको मूल्यसूची अनुसार प्याज प्रतिकिलो थोक मूल्य अधिकतम १०५ रुपैयाँ पुगेको छ ।

असोज अन्तिम बिर्तामोड कृषि थोक बजारमा प्रतिकिलो अधिकतम १३० रुपैयाँसम्म पुगेको प्याज कात्तिक १ गते प्रतिकिलो अधिकतम १०० रुपैयाँमा कारोबार थियो ।

त्यस्तै आलु, काउली, झिन्डी, सिमी, गाजर, बोडी, परवर, घिरौँला, बरेला, सागको मूल्य केीको बढेको छ भने केही सस्तिएको छ ।

समितिका अनुसार आज पाँचथर, इलाम र भारतको ठुलो टमाटर प्रतिकिलो अधिकतम १०० रुपैयाँमा कारोबार भइरहेको छ । दसैँपछि पनि टमाटरको थोक मूल्य १०० रुपैयाँ थियो ।

त्यस्तै, इलाम, काठमाडौँ र भुटाने रातो आलु ९०, भारतीय सेतो आलु ४५ रुपैयाँमा कारोबार भएको छ । यो अधिकतम थोक मूल्य हो ।

भारतीय रातो आलु अधिकतम थोक ८० रुपैयाँ र न्यूनतम थोक ४० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको समितिले जनाएको छ । तीनवटै आलुको मूल्यमा थपघट भएन ।

पालुङ, धनकुटाको काउली भने तिहारपछि झन्डै दोब्बरले बढेको छ । दसैँको भोलिपल्ट काउली ७५ रुपैयाँ प्रतिकिलोमा किनबेच भएको थियो ।

आज काउलीको प्रतिकिलो अधिकतम थोक मूल्य प्रतिकिलो १२० रुपैयाँ कायम भएको छ । काउलीको आजको न्यूनतम थोक मूल्य नै १०० रुपैयाँ छ ।

त्यस्तै, रातो मुला ३०, सेतो मुला ३०, लामो भन्टा ७०, तने बोडी १००, घिउ सिमी १००, तिते करेला १००, परवल १००, लौका ५०, घिरौँला ८०, बरेला १००, इस्कुस १३, भिन्डी १०० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ ।

पाकेको फर्सी १६, हरियो फर्सी २०, मटरकोसा १३०, रायो साग ६० र हरियो धनियाँ प्रतिकिलो ४०० रुपैयाँमा कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer