२०८१ कार्तिक २० मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

जाडो मौसममा नवजात शिशुको स्याहार गर्ने तरिका


बिर्तामोड, कात्तिक २० । अब बिस्तारै जाडोको मौसम सुरु भएको छ । जाडोको मौसमसँगै नवजात शिशुको हेरचाहमा ध्यान दिनुपर्ने हुन्छ ।

जाडो मौसममा नवजात शिशुलाई तपाईंले जति लेयर लगाउनुहुन्छ त्यसभन्दा एक बढी लेयर वा लुगा बच्चालाई लगाउनुपर्छ । यदि तपाईं जाडोमा दुईवटा लुगा लगाउनुहुन्छ भने बच्चालाई तीनवटा लुगा लगाइदिनुहोस् ।

बच्चाको टाउको सधैँ छोपेर राख्नुहोस् । बच्चालाई टाउकोबाट नै छिटो न्यानो प्राप्त हुन्छ । यसबाहेक जब बच्चालाई चिसो हुन थाल्छ, सबैभन्दा पहिले उसलाई खुट्टाबाट चिसो लाग्न थाल्छ ।

तपाईंले आफ्नो हातको पछाडि भागले बच्चाको खुट्टा र पेट छुनुहोस्, यदि बच्चाको खुट्टा चिसो छ तर पेट तातो छ भने यसको मतलब बच्चा चिसो हुन थालेको छ । यस्तो अवस्थामा बच्चालाई केही बढी लुगा लगाइदिनुहोस् र कोठाको तापक्रम बढाएर राख्नुहोस् ।

आमाले बच्चालाई स्किन टु स्किन न्यानो पनि दिन सक्छिन् । यसको लागि बच्चालाई चिसोबाट बचाउन आफ्नो छातीमा टाँसेर राख्न सकिन्छ ।

यदि तपाईंले बच्चालाई आवश्यकताभन्दा बढी लुगा लगाइदिनुभयो भने बच्चालाई भित्रभित्रै पसिना आउन थाल्छ । यसले बच्चालाई गर्मी लाग्छ जसले गर्दा बच्चाको तौल बढ्दैन । त्यसैले, बच्चालाई धेरै कम वा धेरै बढी लुगा लगाउनबाट बच्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer