२०८१ पुष ३ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

विराट अर्जुन सहकारीको अध्यक्षमा पुनः खरेल


बिर्तामोड, कात्तिक २७ । झापाको बिर्तामोडमा रहेको विराट अर्जुन उपभोक्ता सहकारी संस्थाको अध्यक्ष पदमा पुनः नविन (नवराज) खरेल निर्विरोध निर्वाचित भएका छन् ।

यसअघि तीन कार्यकाल अध्यक्ष रहिसकेका बिर्तामोडका सफल व्यवसायी खरेल आगामी चारवर्षे कार्यकालका लागि पुनः निर्वाचित भएका हुन् ।

निर्वाचन प्रक्रियाबाट खरेलको अध्यक्षतामा १४ सदस्यीय नयाँ नेतृत्व सर्वसम्मत चयन भएको निर्वाचन समितिका संयोजक डिल्ली दाहालले जानकारी दिए ।

समितिको उपाध्यक्षमा दिपेश प्रसाईं, सचिवमा लक्ष्मीप्रसाद खरेल, सहसचिवमा ईश्वरीप्रसाद काफ्ले, कोषाध्यक्षमा कृष्णप्रसाद कुइँकेल चयन भएका छन् ।

यसैगरी, सञ्चालक समितिको सदस्यहरुमा रुद्रप्रसाद नेपाल, एकराज प्रधान, शारदा सिटौला, खेमबहादुर बस्नेत, राजेश दाहाल, टंकप्रसाद गौतम, मालिकलाल राजवंशी, देवेन्द्र मैनाली र खगेन्द्रप्रसाद चापागाईं सर्वसम्मत चयन भएका छन् ।

दाहालको संयोजकत्वमा पत्रकारद्वय हिमाल खरेल र पुष्प बराल सदस्य रहेको तीन सदस्यीय निर्वाचन समिति गठन भएको थियो ।

उक्त संस्था २०६६ सालमा स्थापना भएको हो । झापाको बिर्तामोड-४ मा केन्द्रीय कार्यालय रहेको सहकारीमा एक हजार ४९० जना सदस्य रहेका छन् । संस्थाले बचत तथा ऋणको कारोबारसहित उपभोग्य सामग्रीको बिक्री गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer