बिर्तामोड, कात्तिक २७ । झापा मेचीनगरका एकजना व्यक्तिलाई प्रहरीको अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ ।
मेचीनगरका मनिष खड्कालाई वैदेशिक रोजगार ठगी आरोपमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले हिजो पक्राउ गरेको हो ।
मेचीनगर-१० का २६ वर्ष खड्काले एकजना युवालाई क्रोएसिया पठाइदिने भन्दै दुई लाख २५ हजार रुपैयाँ लिएको प्रहरीले जनाएको छ ।
काठमाडौँ-२६ नयाँबसपार्कमा बस्दै आएका खड्कालाई काठमाडौँ-१२ टेकुबाट पक्राउ गरिएको कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।