बिर्तामोड, कात्तिक २७ । प्रहरीले लमजुङ, नुवाकोट र रौतहटका तीनजना युवालाई लागुऔषधसहित काँकरभिट्टाको मेची पुलबाट पक्राउ गरेको छ ।
मेचीनगर-६ पुरानो मेची पुलमा लमजुङको साविक जिता-३ घर भई हाल तनहुँ व्यास १० बस्ने २८ वर्षीय उत्सव पौडेल र नुवाकोट बेलकोटगढी-१३ घर भई हाल काठमाडौँ टोखा ३ बस्ने ४० वर्षीय अर्जुनराज पाण्डेलाई आज साँझ पक्राउ गरिएको हो ।
भारतबाट सिटी सफारीमा नेपालतर्फ आउँदै गरेका पौडेललाई शंका लागेर जाँच गर्दा उनको साथबाट प्लास्टिकसहित १० ग्राम ८३० मिलिग्राम ब्राउनसुगर भेटिएको थियो ।
त्यस्तै, रौतहट गरुडा-५ का २१ वर्षीय रमोध राय यादवलाई शंका लागेर जाँच गर्दा उनको साथबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर प्लास्टिकबाहेक ८ ग्राम ७९० मिलिग्राम भेटिएको थियो ।
उनीहरु तीनैजनालाई नियन्त्रणमा लिई दुवैजनालाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखेर थप अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ