बिर्तामोड, मंसिर १ । झापाको झापा गाउँपालिकाबाट तीन दिनअघि हराएका स्थानीय गणेशवहादुर खत्री मृत भेटिएको प्रहरीले जानकारी दिएको छ ।
झापा-४ खयरबारी बस्ने ६५ वर्षीय खत्री आज बिहान झापा-१ सुरुघुट्टुस्थित ठुलोमाई खोलामा डुबेको अवस्थामा मृत भेटिएका हुन् ।
कात्तिक २८ गते बुधबार बिहान ११ बजे खत्री घरबाट बेपत्ता भएका थिए । आफन्तकहाँ समेत खोजतलास गर्दा नभेटिएपछि उनको खोजीका लागि लागि प्रहरीलाई जानकारी दिइएको थियो ।