बिर्तामोड, मंसिर १ । झापाको बाह्रदशी गाउँपालिका–५ मा रड प्रहारबाट एकजनाको हत्या गरिएको प्रहरीले जानकारी दिएको छ ।
बाह्रदशी–५ बस्ने ४५ वर्षीय गंगालाल माझीको रड प्रहारबाट मृत्यु भएको हो । घाइते माझीलाई उपचारका लागि बिएन्डसी अस्पताल बिर्तामोड ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको हो ।
आज राति आपसी विवाद हुँदा बाह्रदशी–५ कै मानपुर राजवंशीले माझीलाई रडले हानेका थिए । राजवंशीलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको छ ।