२०८१ मंसिर ६ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

जाडोमा गाजर र अदुवाको सुपको फाइदा


बिर्तामोड, मंसिर ३ । यो जाडोमा अरूभन्दा पनि सुप पिउनुको मज्जा नै बेग्लै छ । यदि तपाईंलाई पनि सुप पिउन मनपर्छ भने आज यस्तो सुपको बारेमा हामी बताउनेछौँ, जुन स्वादिष्ट मात्र होइन, स्वास्थ्यको लागि पनि धेरै फाइदाजनक छ । हामी कुरा गर्दैछौँ गाजर र अदुवाको ।

यी दुवै भिटामिन र मिनरल्सले भरिपूर्ण हुन्छ । गाजरमा बिटा–क्यारोटिन हुन्छ, जुन शरीरमा भिटामिन ए मा परिवर्तन हुन्छ र आँखाको लागि धेरै राम्रो हुन्छ । त्यसैगरी, अदुवामा जिन्जरोल हुन्छ, जुन एक शक्तिशाली एन्टिअक्सिडेन्ट हो र सुन्निएको कम गर्न मद्दत गर्छ ।

यसको लागि ४ देखि ५ वटा कोरेको गाजर, एउटा अदुवाको टुक्रा कोरेको, मसिनो गरी काटेको १ प्याज, २ देखि ३ वटा लसुनको पोटी काटेको, १ चम्चा तेल, १ चम्चा जिरा, आवश्यकअनुसार बेसार, धनियाँ पाउडर, खुर्सानी, स्वादअनुसार नुन र ४ कप पानी तयार गर्नुहोस् ।

एउटा भाँडामा तेल तताउनुहोस्, यसमा जिरा हालेर फुराउनुहोस् । त्यसपछि यसमा प्याज र लसुन हालेर गोल्डेन ब्राउन नहुञ्जेलसम्म भुट्नुहोस् । अब यसमा कोरेको गाजर र अदुवा हालेर २÷३ मिनेटसम्म भुट्नुहोस् ।

त्यसपछि यसमा बेसार, धनियाँ पाउडर, खुर्सानी र नुन हालेर राम्रोसँग चलाउनुहोस् । त्यसपछि यसमा ४ कप पानी हालेर उम्लन दिनुहोस् ।

अब आगो सानो बनाएर १५-२० मिनेटसम्म वा गाजर नरम नहुञ्जेलसम्म पकाउनुहोस् । त्यसपछि ग्यास बन्द गर्नुहोस् र तातो तातो पिउनुहोस् । तपाईं यसलाई सेलाएर मिक्सरमा पिसेर स्मुथ पेस्ट बनाई पनि पिउन सक्नुहुन्छ ।

फाइदा

  • अदुवामा एन्टिअक्सिडेन्टहरू हुन्छ, जसले रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ,
  • अदुवाले पाचनलाई राम्रो बनाउन मद्दत गर्छ र ग्यास र कब्जियतको समस्या हटाउँछ,
  • गाजरमा भिटामिन ए हुन्छ, जसले छालालाई स्वस्थ राख्न मद्दत गर्छ,
  • गाजरमा भएको भिटामिन ए आँखाको दृष्टिको लागि पनि राम्रो हुन्छ,
  • यो सुप कम क्यालोरी भएको हुन्छ र यसले तौल घटाउन मद्दत गर्न सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer