२०८१ मंसिर ६ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

कात्तिकमा सबैभन्दा धेरै घरजग्गा कारोबार झापामा


बिर्तामोड, मंसिर ४ । कात्तिक महिनामा देशभरिमा सबैभन्दा बढी झापामा घरजग्गाको कारोबार भएको छ ।

देशभरिमा ९७ हजार १९६ घर जग्गाको कारोबार हुँदा भूमिसुधार तथा मालपोत कार्यालय झापामा चार हजार २६६ घर जग्गाको कारोबार भएको छ ।

मालपोत कार्यालय सुनसरीमा तीन हजार ११५, बेलबारीमा दुई हजार ८२१, धनुषामा दुई हजार १५८ वटा कारोबार भएका छन् ।

भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार २०८० कात्तिकमा ७७ हजार १८५ घर र २०७९ कात्तिकमा ९७ हजार १९६ वटा कारोबार भएको थियो ।

विभागका अनुसार यो वर्षको कात्तिकमा दुई अर्ब ७० करोड ४० लाख ४६ हजार ६४५ रुपैयाँ राजस्व संकलन गरेको छ । घर जग्गाको कारोबारमा अपेक्षित रूपमा सुधार आउन नसकेको कारोबार तथा राजस्व संकलनको प्रवृत्तिले देखाएको छ ।

गत असोजको तुलनामा कात्तिकमा राजस्व सङ्कलनमा पनि गिरावट आएको हो । असोजमा तीन अर्ब आठ करोड १२ लाख ४१ हजार ४८१ रुपैयाँ राजस्व संकलन भएको थियो ।

विभागका अनुसार कात्तिकमा ३३ हजार ५१४ वटा लिखत पास भएका छन् । त्यस्तै, नामसारीतर्फ तीन हजार ३६२, हालसाविक दुई हजार ११४, रोक्कातर्फ २५ हजार ३० छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer