बिर्तामोड, मंसिर ९ । होटल व्यवसायी महासंघ कोशी प्रदेशको अध्यक्षमा पुनः राजन दंगाल निर्विरोध चयन भएका छन् ।
इलाममा सम्पन्न महासंघको दोस्रो अधिवेशनले दमकका व्यवसायी दंगाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
महासंघको वरिष्ठ उपाध्यक्षमा महेन्द्र ढुंगाना, उपाध्यक्षमा गोविन्द थापा, जेबी राई र राजन प्रधान, महासचिवमा वासुदेव बराल, सचिवमा प्रेम सापकोटा, खिलकुमार सुवेदी र लालबहादुर श्रेष्ठ तथा कोषाध्यक्षमा झापा बिर्तामोडकी इन्दिरा श्रेष्ठ चउन भएकी छन् ।
त्यस्तै, महिला सदस्यमा पुनम थापा मगर तथा खुला सदस्यहरुमा वेदप्रकाश दाहाल, रेवतीरमण दाहाल, रविन्द्र अधिकारी, विजयराज प्रसाईं, डिल्लीकुमारी ओझा, इन्द्रनारायण भट्टराई चयन भएका छन् ।
त्यस्तै, नन्दकुमार बानिया, केशव गिरी, ममता राई, प्रकाश चापागाईं, उमानाथ दाहाल उमेश, जयप्रसाद उपाध्याय र नर्व लामा शेर्पा खुला सदस्यमा निर्विरोध चयन भएका छन् ।