बिर्तामोड, मंसिर ११ । आज पनि सुनको मूल्यमा उच्च गिरावट आएको छ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा २ हजार ६ सय रुपैयाँले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो कारोबार दिन सोमबार छापावाला सुन प्रतितोला १ लाख ५१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मुुल्य पनि घटेको छ । आज चाँदी प्रतितोला २५ रुपैयाँले घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ८२० रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो कारोबार दिन सोमबार चाँदी १ हजार ८४५ रुपैयाँमा कारोबार भएको थियो ।
दैनिकजसो बढिरहेको मूल्य भन्सार महसुल घटेसँगै सुनचाँदीको मूल्यका भारी गिरावट आउन थालेको हो ।
सुनमा २० प्रतिशतबाट घटाएर १० प्रतिशत बनाइएको छ भने चाँदीमा १५ प्रतिशतबाट घटाएर १० प्रतिशतमा झारिएको छ । सोही कारण सुनको मूल्य ओरालो लाग्न थालेको हो ।